विवरण
डाउनलोड Docx
और पढो
परमहंस योगानन्दको जन्म मुकुन्द लाल घोसको रुपमा जनवरी ५, १८९३ मा, भारतको गोरखपुरमा भएको थियो । योगानन्दको जन्म उच्च वर्गको बंगाली परिवारमा भएको थियो । उहाँका मातापिता दुवै हिन्दु भक्त थिए साथै योगी, लहरी माहासयका शिष्यहरु थिए । सानो उमेरदेखि नै उहाँ एक सच्चा आध्यात्मिक व्यक्ति हुनुहुन्छ भने स्पष्ट देखिन्थ्यो । हिमालयका गुरु, बाबाजीले पहिले नै परमहंस योगानन्दको जन्म देख्नुभएको थियो, र बाबाजीको प्रमुख चेला लहिरी माहासयले योगानन्दको आमालाई भन्नुभयो कि, “माता, तिम्रो छोरा एक महान योगी हुनेछ । एक आध्यात्मिक वाहकको रुपमा उसले अनेक आत्माहरुलाई ईश्वरको राज्यमा ल्याउनेछ ।”